१ पुस २०८२, मंगलबार | December 16, 2025

नागरिकता विधेयक पारित भएपछि गृहमन्त्रीलाई रेखा थापाको बधाई



काठमाडौं । नायिका रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छन्। प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८२’ बहुमतले पारित भएपछि मंगलबार मन्त्रालयमै पुगेर लेखकलाई बधाई दिएकी हुन्।

गृहमन्त्रीसँगको भेटपछि थापाले सामाजिक संजालमा लेखेकी छिन्,‘सन्तानलाई आमाले जन्मदिनु हुन्छ ,आमाले पालन पोषण गर्नुहुन्छ। तर नागरिकता लिन जादाखेरी बाबुको खोजी हुन्छ ! तर, आमाको नामबाट नागरितका पाउने स्थिति बनेन। अब यस्तो परिस्थितिको अन्त्य भएको छ। नेपाल सरकार एवम गृहमन्त्रीलाई यो साहसिक कदमका लागि धेरै धेरै बधाई। तमाम नगरिकताविहीन नेपाली नागरिकलाई धेरै बधाई। महिलालाई अधिकारका क्षेत्रमा यो सुनौलो काम भएको छ।’

गृहमन्त्री लेखकले गत शनिबार उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव पेस गर्दै लेखकले नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्थालाई विधेयकमा प्रत्याभूति गरिएको प्रतिक्रिया दिएका थिए।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : ३० बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि