३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवलमा भोली “बुटवल रोजगार मेला २०८२” लाग्दै



बुटवल । बुटवलमा “बुटवल रोजगार मेला २०८२” आयोजना हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रोजगार तथा सीप विकासका अवसरहरू प्रदान गर्न “बुटवल रोजगार मेला २०८२” को आयोजना गर्न लागेको हो ।

बुटवल उपमहानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी भोली १८ गते एकदिने “बुटवल रोजगार मेला २०८२” हुन लागेको जानकारी दिदै मेलाको सम्पूर्ण तयारी पूरा भएको बताएको हो ।

कालिकाननगरस्थित दियालो फुडल्यान्डमा बिहान १० बजेदेखि सांझ ५ बजेसम्म मेला सञ्चालन हुने बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए । रोजगारीको खोजिमा रहेका बेरोजगारलाई रोजगार बनाउन तथा कामदारको आवश्यकता रहेका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानहरूलाई कामदारको आवश्यकता पुर्ति गराउन मद्दत गर्ने उद्वेश्यले रोजगार मेला आयोजना गरिएको प्रवक्ता रानाले बताए ।

पालिकामा रोजगारीका अवसरहरु सिर्जना गरी आर्थिक समृद्धिलाई बढावा दिनका लागि विगत वर्षदेखि बुटवलमा रोजगार मेला आयोजना गरिएको प्रवक्ता रानाले बताए । बुटवल उपमहानगरपालिकाले लिएको लक्ष्य प्राप्त गर्न मानवीय विकासले महत्वपूर्ण भूमिका खेल्ने भएकाले रोजगार मेलाका साथै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरिएको प्रवक्ता रानाले बताए । रोजगार मेलाले विभिन्न क्षेत्रका रोजगारदाता, आवश्यक जनशक्तिका बारेमा अभिलेखिकरण हुने, सीप र परामर्श समेतको अवसरबाट युवा बेरोजगारीलाई कम गर्न मद्दत पुग्ने विश्वास लिइएको उनले बताए ।

“समानता, स्वाभिमान र अवसर-बस्नयोग्य बुटवल शहर” को सपनालाई साकार पार्न र पालिकामा रोजगार, अवसर खोजिरहेका युवाहरु, सेवा प्रदायक एवं रोजगारदाता, तालिम प्रदायक संस्थाहरुलाई एउटै स्थानमा ल्याएर उद्योग, व्यवसाय, पर्यटन, होटल, प्रविधि, कृषि, सेवा, उत्पादन लगायतका क्षेत्रका अवसर तथा सूचना, सीप परामर्श दिनका लागि मेला आयोजना गरिएको बुटवल उपमहानगरपालिका रोजगार शाखाका प्रमुख अरविन्द्र पाण्डेले जानकारी दिए । रोजगार प्रदायक संस्था, तालिमप्रदायक संस्थाहरु र दक्ष, अर्ध दक्ष युवाको तथ्याकं संकलन गरी बुटवल रोजगार पोर्टलमा समावेश गरिने उनले बताए ।

वृत्ति विकाससम्बन्धी परामर्श सेवा प्रदान गर्नुका साथै रोजगार मेलामा सीपमूलक तालीम दिने संस्थाहरुको प्रदर्शनी र तालीमका अवसरबारे जानकारी गराईने बुटवल उपमहानगरपालिका सामाजिक महाशाखा प्रमुख तुल्सा अर्यालले जानकारी दिइन् । रोजगार खोज्ने युवाहरु र रोजगारदाता बीच प्रत्यक्ष सम्पर्क गराई रोजगारका अवसर तथा सूचना सम्प्रेषण गर्ने निःशुल्क सञ्चालन हुने सीपमूलक तालीमहरु सम्बन्धी विज्ञहरुबाट जानकारी गराइने कार्यक्रम रहेको उनले बताइन् ।

अध्ययन पश्चात स्वदेशमा रोजगारी खोज्नु वा उद्योग धन्दा खोल्नु भन्दा दक्ष जनशक्ति पलायन हुने क्रम बढिरहेका बेला आयोजना गरिएको रोजगार मेलाले युवा शक्तिलाई विदेशीनु पर्ने बाध्यताको अन्त्य गर्न मद्वत पुग्ने बुटवल उपमहानगरपालिकाको विश्वास छ ।

यसअघि गत वर्ष आयोजना गरिएको बुटवल रोजगार मेला मार्फत ३८ जना युवाले रोजगारी प्राप्त गर्न सफल भएको र यस वर्ष सयौंको संख्यामा रोजगारी प्राप्त गर्ने विश्वास लिइएको नगर प्रवक्ता रानाले बताए ।

 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ८ : २१ बजे

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण