३ पुस २०८२, बिहिबार | December 18, 2025

बाँकेमा साइबर अपराधका उजुरी बढे



बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेकामा ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन् ।

उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएका छन् । दुवै घटना विद्युतीय अपराधसँग सम्बन्धित छन् । आव २०८०/०८१ मा दुई सय ७० उजुरी परेकामा एउटा घटनाको मात्र मुद्दा दर्ता भएको छ ।

आव २०७९/८० मा एक सय छ, आव २०७८/०७९ मा ५८ उजुरी साइबर अपराधसम्बन्धी उजुरी परेका थिए । विदेशबाट पनि साइबर कानून उल्लङ्घन गरेको पाइएको छ ।

साइबर कानून उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ८ : ४५ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन