२१ माघ २०८२, बुधबार | February 4, 2026

राष्ट्र बैंकले बजारबाट फेरि ६० अर्ब रुपैयाँ झिक्दै



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार ६० अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको छ।

तरलता सन्तुलनमा ल्याउन राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण (Deposit Collection Instrument) प्रयोग गर्दै उक्त रकम ६३ दिनको अवधिका लागि संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले केही समयदेखि सातामा दुईपटकजति बजारबाट पैसा झिक्दै आएको छ। यस्तै प्रक्रियाअनुसार आज पनि ६० अर्ब रुपैयाँ निक्षेप संकलनको माध्यमबाट झिक्न लागिएको हो। अघिल्ला समयमा २१ दिनको अवधिका लागि मात्रै पैसा संकलन गरिँदै आए पनि यसपटक अवधि बढाएर ६३ दिन गरिएको छ।

राष्ट्र बैंकका अनुसार बैंकहरूमा तरलता प्रशस्त भए पनि कर्जाको माग भने अपेक्षाकृत रुपमा नबढेपछि दीर्घकालीन रूपमा तरलता व्यवस्थापन गर्नु आवश्यक देखिएको हो।

यस प्रयोजनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ। बोलकबोलको न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम प्रस्ताव ५ करोडको गुणामा निःशेष भागमा स्वीकार गरिने व्यवस्था छ।

बोलकबोल प्रक्रिया ब्याजदरको आधारमा हुनेछ र सहभागीहरूले बहु ब्याजदरमा पनि प्रस्ताव गर्न सक्नेछन्। राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र भाग लिन दिने व्यवस्था मिलाएको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १२ : ०० बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य