१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता गर्न गृह मन्त्रालयमा पत्राचार



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पूर्वराष्ट्रपतिको रूपमा प्राप्त हुने सरकारी सेवा र सुविधा नलिने निर्णय सार्वजनिक गरेकी छन्।

भण्डारीले बुधबार आफ्नो स्वकीय सचिवालयमार्फत गृह मन्त्रालयमा पत्र पठाउँदै सेवा सुविधा नलिने जानकारी गराएकी हुन्। केही दिनअघि मात्रै भण्डारीले नेकपा (एमाले)को सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गरेकी थिइन्।

‘जबजका तीन दशक’ शीर्षकको राष्ट्रिय गोष्ठीमा जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा बोल्दै उनले देश र जनताको हितलाई आफ्नो ध्येय र लक्ष्य रहेको बताउँदै राजनीति त्याग्नुपर्ने कुनै अवस्था नरहेको उल्लेख गरेकी थिइन्।

उनको सचिवालयका अनुसार, सक्रिय राजनीतिक भूमिकामा फर्किएकी स्थितिमा उनले पूर्वराष्ट्रपतिको रूपमा सेवा सुविधा लिँदा नैतिक तथा सार्वजनिक रूपमा प्रश्न उठ्न सक्ने देखिएकाले ती सुविधा नलिने निर्णय लिएकी हुन्।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ३ : १० बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई