१ पुस २०८२, मंगलबार | December 16, 2025

एमसीसी परियोजनालाई निरन्तरता दिने अमेरिकी निर्णय



काठमाडौं । अमेरिकी सरकारको निर्णयसँगै मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)लाई निरन्तरताको बाटो खुलेको छ।

अमेरिकी वैदेशिक सहयोग कार्यक्रमअन्तर्गतको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)लाई विशेष छुट दिँदै कार्यान्वयनलाई अगाडि बढाउने निर्णय भएपछि एमसीए–नेपालले त्यसको स्वागत गरेको हो।

बुधबार जारी विज्ञप्तिमा एमसीए–नेपालले भनेको छ, ‘अमेरिकी वैदेशिक सहायता कार्यक्रम स्थगनको सन्दर्भमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि विशेष छुट दिइएकोमा हामी स्वागत गर्दछौं।’

एमसीए–नेपालले २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन, सडक मर्मत, तीनवटा सबस्टेशन निर्माण र १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण जस्ता पूर्वाधार आयोजनाहरूका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी०सँग समन्वय गर्दै काम गरिरहेको जनाएको छ।

वैदेशिक सहायता पुनरावलोकनको प्रक्रिया सुरु हुनुअघि नै अगाडि बढाइएको निर्माण कार्यलाई निरन्तरता दिइरहेको एमसीए–नेपालले नेपालका ऊर्जा तथा यातायात पूर्वाधारको विकासमा यी आयोजनाहरू निर्णायक हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ३ : १४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष