३२ असार २०८३, बिहिबार | July 16, 2026

कर्णाली विकास बैंक ठगी प्रकरणमा एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र पक्राउ

नेपालगन्ज । कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपालगन्जबाट पक्राउ गरेको हो । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए ।

मिश्रसँगै कर्णाली बिकास बैंकको ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए । पक्राउ परेकाहरुमथि अनुसन्धान जारी रहेको सिआईबी प्रवक्ता एसपी युवराज खड्काले बताए । सीआईबीबाट डीएसपी दानबहादुर थापाको कमाण्डको एउटा टोली नेपालगन्जमै रहेर कर्णाली बिकास बैंक ठगी प्रकरणको अनुसन्धान गरिरहेको उनले बताए ।

पक्राउ परेकाहरु विरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । बैंकबाट अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो ।

नेपालगन्ज । कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपालगन्जबाट पक्राउ गरेको हो । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए ।

मिश्रसँगै कर्णाली बिकास बैंकको ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए । पक्राउ परेकाहरुमथि अनुसन्धान जारी रहेको सिआईबी प्रवक्ता एसपी युवराज खड्काले बताए । सीआईबीबाट डीएसपी दानबहादुर थापाको कमाण्डको एउटा टोली नेपालगन्जमै रहेर कर्णाली बिकास बैंक ठगी प्रकरणको अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकाहरु विरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । बैंकबाट अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो ।

बैंक डुबेर जम्मा गरेको रकम नपाएर हजारौं ग्राहकहरु छट्पटाउन थालेपछि सिआइबीको टोलीले फरार रहेका बैंकका सिइओहरु तथा कर्मचारीको खोजीकार्य तीब्र पारेको छ । सिआइबीले कर्णाली डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष, पूर्व सिइओ, वर्तमान सिइओ सहित ७ जनालाई पक्राउ गर्नका लागि पहिले नै अदालतबाट पक्राउ पुर्जी लिईसकेको प्रहरी उच्च स्रोतको दाबी छ ।

बैंकका पूर्व सिइओ तथा पूर्व अध्यक्ष राजेन्द्रवीर रायलाई भारतको लखनउबाट यस अघिनै पक्राउ गरिसकेको छ । केन्द्रिय प्रहरीको उच्च स्रोतले सेतोखरीलाई दिएको विवरण अनुसार, सिआइबीले कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सिइओ सन्तोष कुमार राई, निमित्त सिइओ विष्णु प्रसाद कक्षपती, पूर्व सिइओ दिनेश कुमार रावत, वर्तमान सिइओ निरज बिक्रम शाह, पूर्व म्यानेजर दिपा थापाविरुद्ध पक्राउपुर्जी जारी गर्दै खोजिगरिरहेको छ ।

आज पक्राउ परेका पूर्व अध्यक्ष मिश्रका छोरा तथा बैंक संचालन समितिका वर्तमान अध्यक्ष ओम मिश्र माथि पनि सिआइबी तथा नेपाल राष्ट्र बैंकले आन्तरिक अनुसन्धान गरिरहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : ४८ बजे

बागमती प्रदेशमा पत्रकारलाई उपचारमा सहुलियत

बागमती । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव

घुस प्रकरणमा टेलिकमका पूर्वएमडी सुनील पौडेललाई साढे ८ वर्ष कैद

काठमाडौं । विशेष अदालतले घुस लिएको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध

पूर्वमन्त्री फत्तेसिंह थारूको निधन

नेपालगन्ज । पूर्वमन्त्री फत्तेसिंह थारूको निधन भएको छ। राप्रपा नेतासमेत

प्रधानमन्त्री र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का