४ चैत्र २०८२, बुधबार | March 18, 2026

‘स्पष्टीकरण सोधिएको’ कुरा कपोलकल्पित र निराधार : रामकुमारी झाँक्री



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई पार्टीले स्पष्टीकरण सोधेको भन्ने दाबीलाई अस्वीकार गरेकी छन्। झाँक्रीले उक्त विषयलाई निराधार, कपोलकल्पित र हावादारी कुरा भन्दै खारेज गरेकी हुन्।

बुटवलमा पार्टीसम्बद्ध युवा संघको प्रशिक्षण कार्यक्रममा उनले अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित हुँदै ूसिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौंू भन्ने अभिव्यक्ति दिएकी थिइन्। सो अभिव्यक्तिपछि पार्टीले उनलाई स्पष्टीकरण मागेको भन्ने सार्वजनिक चर्चा चलेको थियो।

तर, बिहीबार पार्टी कार्यालय आलोकनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै झाँक्रीले भनिन्, “मलाई स्पष्टीकरण सोधिएको छैन। त्यसको कुनै पत्र प्राप्त भएको छैन, स्पष्टीकरण सोध्ने निकाय कुन हो भन्ने पनि थाहा छैन। केवल दुई–तीन जना नेताहरूले टिभीमा गएर बोलेको आधारमा यस्ता हल्ला फैलाइएको हो।”

उनका अनुसार पार्टीका केही ‘शक्तिशाली पदाधिकारीहरू’बाट स्पष्टीकरण सोधिएको सुनेपछि आफू त्यसबारे बुझ्न सचिवालय बैठकमा सहभागी भएकी थिइन्। उनले थप भनिन्, “यदि साँच्चै स्पष्टीकरण सोधिएको हो भने त्यसको आधार, निर्णय र प्रक्रिया सार्वजनिक गर्नुपर्छ।”

यता, पार्टीका सचिव सोमप्रसाद पाण्डेले भने झाँक्रीलाई तीन दिनभित्र स्पष्टिकरण पेस गर्न पत्र दिइएको दाबी गरेका छन्। उनका अनुसार, झाँक्रीले सो समयसीमा भित्रै जवाफ दिनुपर्छ ।

हालसम्म पार्टी नेतृत्व र झाँक्रीबीच औपचारिक संवाद स्पष्ट नभएकाले यो विषय थप विवादित बन्ने संकेत देखिएको छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  २ : ०० बजे

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन