२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण



बैतडी । गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालयमा निरीक्षण गरेका छन् । लेखकले आज बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

निरीक्षणका क्रममा लेखकले जिप्रकालगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्तिसुरक्षाका अवस्थामा जानकारी लिएका छन् ।

गृहमन्त्री लेखकलाई भवन अभावलगायत विषयमा जानकारी गराइएको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । उनले भने, “जिप्रकामा महिला बालबालिका सेवा केन्द्र र व्यारेक भवन निर्माण आवश्यक बजेट पहलका लागि आग्रह गरेका छौँ ।” जवाफमा गृहमन्त्रीले आफ्नो कार्यकालमा भवन निर्माण बजेटको व्यवस्था गर्ने बताएका छन् । गृहमन्त्री लेखकले जिल्लाका समग्र शान्तिसुरक्षाका बारेमा पनि जानकारी लिए ।

गृहमन्त्री लेखकले आज बिहान यहाँको जगन्नाथ मन्दिरमा दर्शन गरेका छन् । गृहमन्त्री लेखकको आजै बैतडीबाट फिर्ता हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : १८ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै