२२ चैत्र २०८२, आइतबार | April 6, 2026

‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदै



काठमाडौं । असार महिनामा नेपाली चलचित्र निकै कम प्रदर्शन हुन्छन् । वर्षातको मौसमको भएकाले पनि निर्माता तथा निर्देशकले यो महिनामा निकै कम चलचित्र प्रदर्शन गर्ने गरेका छन् । यसपटक पनि यही असार २७ गतेदेखि एउटा मात्र नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदैछ ।

नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको उक्त चलचित्रले विश्वभर छरिएका नेपालीको कथा र भावनालाई चित्रण गर्ने लेखक तथा निर्देशक नर प्रधानले जानकारी दिए ।

उनले भने, “हाम्रो भाषा र संस्कृति जोगाएनौँ भने भावी पुस्ताले यो धरोहर गुमाउनेछ । हाम्रा पूर्खाले जोगाएको सम्पदा भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । चलचित्रले नेपालीपन प्रति माया र एकताको सन्देश दिन्छ । यसलाई व्यावसायिकभन्दा पनि सांस्कृतिक उपहारको रूपमा लिन सकिन्छ ।”

करिब १७ वर्ष अगाडि नेपालबाट अमेरिका पुग्नुभएका निर्देशक प्रधानले त्यहाँको व्यस्त जीवनले नेपाली संस्कृतिसँगको सम्बन्धमा दूरी बढाएको अनुभव गरेपछि चलचित्र तयार गरेको बताए । उनका अनुसार चलचित्रले प्रवासमा रहेका नेपालीलाई कला र संस्कृति बारे जानकारी दिन्छ । उक्त चलचित्रलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विद्यालयस्तरका बालबालिकालाई देखाउन उपयुक्त ठानेको छ ।

“हाम्रो विषयवस्तुले मनोरञ्जनसँगै शिक्षा पनि दिन्छ । नेपाली भाषा र संस्कृति संरक्षणमा जोड दिइएका कारण चलचित्रलाई बालबालिकालाई देखाउन मिल्ने भनिएको हो । हामीले आफ्नो भाषा र सस्कृतिबारे बाल्यकालबाटै नयाँ पुस्तालाई जानकारी दिनु जरुरी छ”, निर्देशक प्रधानले भने ।

उक्त चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियारलगायतले अभिनय गरेका छन ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : ४४ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको