५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४० अङ्कले बढेर दुई हजार ७०६ दशमलव ३६ को बिन्दुमा कायम भएको हो । आज तीन सय १८ कम्पनीको दुई करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ८७ हजार ३९८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ५० करोड तीन हजार २६८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबैभन्दा बढी अन्य समूह तीन दशमलव शून्य छ र वित्त समूह दुई दशमलव ४९ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ११, लगानी शून्य दशमलव ३७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, म्युचुअल फण्ड शून्य दशमलव १४ र व्यापार शून्य दशमलव ८८ प्रतिशतले बढेको छ ।

विकास बैंक एक दशमलव ५३, होटल तथा पर्यटन शून्य दशमलव २५, जलविद्युत् एक दशमलव शून्य पाँच, जीवन बिमा एक दशमलव ३०, लघुवित्त शून्य दशमलव शून्य छ र निर्जीवन बिमा शून्य दशमलव ५१ प्रतिशतले घटेको छ । आज नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेड डिबेन्चर–२०८३ को शेयर मूल्य आठ दशमलव ८७ प्रतिशतले घटेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडको रू ४९ करोड ४० लाख आठ हजार ४८५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–२ को ५१ लाख ५६ हजार ७५० कित्ता खरिदबिक्री भएको छ ।

 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : १६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं