२३ चैत्र २०८२, सोमबार | April 6, 2026

पार्टी भित्र कित्ताकाट गर्न खोज्नु अराजकता हो, कारबाही हुन्छ : शंकर पोखरेल



काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा आफैं प्रतिनिधि हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको बताएका छन् ।

विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरुको भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन ।

भेलामा उनले विधान महाधिवेशनले तय गरेका कतिपय विषयहरु राष्ट्रिय महाधिवेशनले संसोधन गर्न सक्ने भएकोले यसको बैधानिक ब्यवश्था जानकारी नै नलिइ महाधिवेशन प्रतिनिधी हुने कुरा सांगठनिक अराजकता भएको बताए ।

‘विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्कालिन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संसोधन गर्दछ । दुवै महाधिवेशनका प्रतिनिधी भएर त्यस्ता प्रावधानहरु आफैं अनुमोदन गर्ने अनि अहिले आफैं प्रश्न गर्दै हिड्ने कुरा अनैतिक हो’ महासचिव पोखरेलले भने, ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिड्ने कुरा अनुशासनहिन र अराजक हो, जसले यस्ता गतिविधी गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ।’

पार्टी र संगठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारलले पनि अवज्ञा नगर्न महासचिव पोखरेलले चेतावनी दिए ।

भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे देखि झनै बढेको बताए । एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उनले बताए ।

‘कुनै बेला सरकारमा लगिदिनु पर्यो भनेर रातदिन बालकोट धाउनेहरु नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपंक्तिमा रहेका छन्’ महासचिव पोखरेलले भने, ‘पश्चगामी सोच भएका राजावादी र कम्यूनिष्ट नामधारी माओवादी पनि एमालेलाई मात्र गाली गरेर काँग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन् ।’ उनले यी तीनै शक्ति एमालेलाई काँग्रेसबाट अलग्याएर आफूहरु सहितको सरकार बनाउन तल्लिन रहेको पोखरेलले आरोप रहेको छ।

महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नु पर्नेमा एकथरी नेता कार्यकर्ता पार्टी भित्र नै किताकाट गर्ने काममा संलग्न भएको बताए । ‘भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो, राष्ट्रिय महाधिवेशन होइन्, त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन’ महासचिव पोखरेलले भेलालाई निर्देशन दिंदै भने, ‘जतिबेला जे काम पर्छ त्यही गर्नुहोस, नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरुले थाहा पाउनुहोस।’

महासचिव पोखरेलले जनसंगठनमा हालै भएका महाधिवेशनहरुका दस्तावेज केन्द्रीय कार्यलयमा साता दिन भित्र पठाउन निर्देशन दिएका छन। ‘जन संगठनका दस्तावेज र पार्टीले तयार गरेको दस्तावेजमा कति भिन्नता छ भन्ने कुरा हामी तुलना गर्छौं’ महासचिव पोखरेलले भने, ‘सबै जनसंगठनले जनतासँग जोडिने नीति र दस्तावेज बनाएर कार्यन्वयन गर्नुहोस ।’

पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले विधान महाधिवेशनले पास गरेका कतिपय विषयवश्तु चितवन महाधिवेशनले संसोधन गरेको स्मरण गराउदै पार्टीको निर्णय विरुद्ध नबोली नेता होइदैन भन्ने मानसिकता त्याग्न आग्रह गरे।

‘पार्टीका नीति, विधि माथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुहोस’ ढकालले केही जनसंगठनका पदाधिकारीलाई लक्षित गर्दै भने, ‘पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसकिता केही जनसंगठनका पदाधिकारीमा देखिन्छ । यस्तो प्रवृति पार्टीको नोटिसमा छ ।’

भेलालाई जनसंगठन संयन्त्रका उपप्रमुख रचना खड्काले सम्बोधन गर्नुभएको थियो भने केन्द्रिय सदस्य एवं मानव अधिकार एलायन्सका इन्चार्ज विष्णु रिजालले स्वागत गरेका थिए । भेलामा सबै जनसंगठनका अध्यक्ष र प्रतिनिनिहरुले आफ्ना संगठनका गतिविधी जानकारी गराएका थिए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  २ : ५७ बजे

लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति