१७ माघ २०८२, शनिबार | January 31, 2026

मुलुकको अर्थतन्त्र चालु वर्षमा ४ खर्बले बढ्यो, पुग्यो ६१ खर्ब



काठमाडौं। केपी ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्ष भित्रमा नै अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक रहेको जनाएको छ ।

मुलुकको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ४ खर्बले बढेर ६१ खर्ब पुगेको बताउँदै मन्त्रालयले राजश्व र पुँजीगत खर्चमा पनि उल्लेख्य वृद्धि भएको उल्लेख गरेको छ । राजस्व यो वर्ष १ खर्ब ८ अर्बले र पुँजीगत खर्च ३६ अर्बले बढेको पनि मन्त्रालयले सार्वजनिक गरेको सुचीमा उल्लेख गरिएको छ ।

अर्थ मन्त्रालयले बिहीबार अर्थतन्त्रसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ६१ खर्ब पुगेकोसमेत दाबी गरिएको छ । अर्थ मन्त्रालयले सार्बजनिक गरेको अधिकांश सूचकहरुमा सुधार आएकोसमेत जनाएको हो ।

जसअनुसार यातायात, निर्माण, स्वास्थ्य सेवा, शिक्षा, औद्योगिक उत्पादन, विद्युत तथा ग्याँस, व्यापार, बैंक तथा बिमा, उद्योग, खानी, घर जग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा, वैज्ञानिक सेवा, आवास तथा भोजनलगायतका क्षेत्र सकारात्मक बनेको मन्त्रालयको भनाइ छ ।

यसैगरी, रेमिट्यान्समा १५.५ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा निर्यात ७७.८ प्रतिशतले वृद्धि भएको छ । आयात पनि चालु आर्थिक वर्ष १३.१ प्रतिशतले बढेको उल्लेख गर्दै मन्त्रालयले निजी क्षेत्रमा प्रवाहीत कर्जा ८.७ प्रतिशतले बढेको जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ३ : १४ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक