२३ चैत्र २०८२, सोमबार | April 6, 2026

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा जलविद्युत्को उत्पादन वृद्धि गरी आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा आज आयोजित कार्यक्रममा उनले विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुने बताउँदै उत्पादनको वृद्धि सँगै खपपत गर्ने क्षमतालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

जलविद्युत्को विकासमा निजी क्षेत्रको लगानी सुरक्षित गर्न अनुकूल नीतिहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाले त्यस क्षेत्रमा गर्ने लगानीलाई डुब्न नदिन लचिलो नीतिको आवश्यकता रहेको विचार व्यक्त गरे।

करको दायरा तथा दर दुवै वृद्धि गर्नुपर्ने बताउँदै उनले सरकारस्थिर कर नीतिको पक्षमा रहेको प्रष्ट पारे । सरकारले अवलम्बन गर्ने करका नीतिले देशको समग्र विकासमा प्रभाव पार्ने उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले मूलतः एउटा कर नीति र करका दरहरूमा सापेक्षित स्थिरताका लागि सबैको सहयोगको अपेक्षा गरे।

राज्यका नियमनकारी निकायको भूमिका सशक्त बनाउँदा व्यवसायीको गुनासो आउने गरेको बताउँदै उनले अनियमित गर्ने व्यवसायीलाई कानुनी कारबाही गर्न सरकार दृढ रहेको बताए। करको दायरा भने बढाउने योजनासहित आगामी आर्थिक वर्षको बजेट ल्याएको उनको भनाइ थियो । सो अवसरमा आर्थिक क्षेत्रको विकासका लागि समाचार लेखेका विभिन्न सञ्चार गृहका सञ्चारकर्मीलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : ०४ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक