२० मंसिर २०८२, शनिबार | December 6, 2025

साफ यू-२० च्याम्पियनसिप : नेपालको शानदार जित, भुटान ६-१ गोल अन्तरले पराजित



काठमाडौं । महिला साफ यू-२० च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले भुटानमाथि शानदार जित निकालेको छ ।

पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानविरुद्ध ६-१ गोल अन्तरको जित निकालेको हो । पहिलो हाफमा एक गोल गरेकी राईले दोस्रो हाफमा ह्याट्रिक नै गरिन् । खेलमा राईले व्यक्तिगत चार गोल गरिन् । यस्तै नेपालका लागि सेनु राईले दुई गोल गरिन् । पहिलो हाफमै उनले २ गोल गरेकी हुन् ।

पहिलो हाफमा ३ गोलले अगाडि रहेको नेपालले दोस्रो हाफको सुरुवातमै एक गोल खाएको थियो । त्यसपछि दोस्रो हाफमा पनि नेपालले थप तीन गोल गर्दै ६-१ को जित निकालेको हो ।

४ टोलीको सहभागिता रहेको च्याम्पियनसिप डबल राउन्ड रोबिनका आधारमा हुनेछ । सबै टोलीले एकअर्कासँग २ पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपाली टोली बुधबार राति बंगलादेश पुगेको थियो । बिहीवार प्रि म्याच कन्फ्रेन्समा नेपाली टोलीका प्रशिक्षक याम गुरुङले यसपटक च्याम्पियन बन्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : १९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय