२ कार्तिक २०८३, सोमबार | October 19, 2026

प्याज भण्डारणमा स्थानीय प्रविधि



चितवन । उत्पादित प्याजले बजार नपाएपछि यहाँका किसानले स्थानीय प्रविधि प्रयोग गरी भण्डारण सुरु गरेका छन् ।

भरतपुर महानगरपालिका–२७ का शिवकुमार महतोले सामाजिक सञ्जालमा देखेको प्रविधिको प्रयोग गरेर आफूले उत्पादन गरेको प्याजको भण्डारण गर्न थालेको बताए । उनले स्टिलको जालीको भकारी बनाएर टेबुल पङ्खाको सहायताले प्याजको भण्डारण गरेका हुन्। उनले भने, “मैले सामाजिक सञ्जालमा खोज्दा प्याज भण्डारण गर्नका लागि घरेलु उपाय भेटाएर यसरी भण्डारण गरेको हुँ ।”

स्टिलको जाली मुनि पनि जाली बनाएर केही भाग खुला छाडेर खडाइको सहायताले प्याजलाई सुक्खा बनाएर राख्ने गरेको उहाँले बताए । उनले प्याजलाई विगत तीन महिनादेखि यसैगरी भण्डारण गरेर राखेका छन् । यसो गर्दा प्याजभित्रको तातो हावा बाहिर जाने र चिसो हावाले प्याजलाई बाफिन नदिने हुन्छ । जसका कारण प्याज कुहिने र टुसा पलाउने समस्या नहुने उनको बुझाइ छ ।

प्याज उत्पादन हुने समयमा थोक मूल्य प्रतिकेजी रु २० परेपछि घाटामा बिक्री नगर्ने योजनासहित आफूले भण्डारणको उपाय अपनाएर काम गरेको उनले बताए। उनले यसरी एक टन प्याज भण्डारण गरेर राखेका छन् । यसलाई अहिले मूल्यमा सुधार आएपछि बजारमा पुर्याउन थालेको उनले बताए। अहिले थोकमा प्रतिकेजी रु ५० भन्दा बढीपर्न थालेपछि प्याज बिक्री गर्न लागेको शिवकुमारले जानकारी दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रमअन्तर्गत प्याज बिक्री नभएपछि महतोले भण्डारणको विधि र प्रविधि आफैँले खोजेर भण्डारण गरेका हुन् ।

कार्यालयले चितवनको १० हेक्टर क्षेत्रफलमा व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रम आयोजना गरेको थियो । अधिकांशले कुहिने समस्या आएपछि सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका थिए ।

एकाइका प्रमुख महेश रेग्मीका अनुसार कार्यक्रमअन्तर्गत १३५ टन प्याज उत्पादन भएको थियो । प्याज उत्पादन भएसँगै भण्डारणमा देखिएको समस्या यो विधिले समाधान गर्न सक्ने भएकाले आगामी वर्षको कार्यक्रममा यसलाई समावेश गरिएको उनले बताए। यस कार्यक्रममा सहभागी किसानलाई भण्डारणका लागि यो विधिलाई प्रोत्साहन गर्ने योजनामा एकाइ रहेको उनले बताए ।

कार्यक्रम लागू गरिएको ठाउँमा रेडक्रियोल र नासिक ५३ जातको प्याजलाई व्यावसायिक खेतीमा प्रयोग गरिएको थियो ।
रासस

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ११ : ३२ बजे

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३