६ बैशाख २०८३, आइतबार | April 19, 2026

साफ च्याम्पियनसिपः नेपाल बङ्गलादेशसँग पराजित



काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा सम्पन्न खेलमा घरेलु टोली बङ्गलादेशले नेपाललाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको नेपालले अन्तिम समयमा सम्हालिएर खेल्न नसक्दा पराजित हुन पुग्यो । खेलको पहिलो हाफमा बङ्गलादेशले २–० को अग्रता बनाएको थियो । खेलको १३औँ मिनेटमा बङ्गलादेशले सुरुआती अग्रता बनायो । उसका लागि सिना जहान शिखाले गोल गरिन् । खेलको ३६औँ मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो । बङ्गलादेशकी सागोरिकाले गोल गरिन् ।

खेलको दोस्रो हाफको सुरुआतमै दुवै टोली १०–१० खेलाडीमा सीमित भएका थिए । नेपालकी ‘डिफेन्डर’ सिम्रन राई र बङ्गलादेशकी सागोरिकाले एकअर्कामाथि मुक्का प्रहार गरेपछि ‘रेफ्री’ले दुवैलाई रातो कार्ड देखाएको थियो । नेपालले त्यसको केही समयमा ‘पेनाल्टी’ पाएर खेलमा फर्कने अवसर पायो । अनिशा राईले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याइन् ।

त्यसपछि खेलको पाँच मिनेट बाँकी रहँदा ‘काउन्टर अट्याक’मा नेपालले बराबरी गोल ग¥यो । पूर्णिमा राईको क्रसमा मीना देउवाले गोल गर्दै नेपाललाई २–२ को स्थितिमा पु¥याइन् । तर, बङ्गलादेशले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा विजयी गोल ग¥यो । बङ्गलादेशकी तृष्णारानी सरकारले गोल गर्दै घरेलु टोलीलाई जित दिलाइन् ।

जितसँगै बङ्गलादेशले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई ९–१ गोलअन्तरले हराएको थियो । यसैगरी, नेपालको भने यो पहिलो हार हो । पहिलो खेलमा नेपालले भूटानलाई ६–१ गोलअन्तरले हराएको थियो ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १० : ११ बजे

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

म्याग्दी । धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ

रास्वपाको सचिवालय बैठक आज, महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांगठनिक तथा संरचनागत सुधारका

आजको मौसम : आंशिक बदलीसँगै केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर