३ पुस २०८२, बिहिबार | December 18, 2025

नवलपुरमा करेन्ट लागेर मजदुरको मृत्यु



कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–३ पुरानो कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।

बुद्ध हिमाली कन्ट्रक्सन प्रा.लि.ले निर्माण गरिरहेको सरकारी भवनको सभाहलमा फार्मा सेटिङका लागि ड्रिल गर्ने क्रममा करेन्ट लागेर बर्दिया ठाकुरबाबा नगरपालिका–२ का ३५ वर्षीय सरोज थारुको ज्यान गएको प्रहरीले जनाएको छ।

थारु कावासोती नगरपालिका–२ मा डेरा गरी बस्दै आएका थिए र सोही कन्ट्रक्सन कम्पनीमा मिस्त्रीको रूपमा कार्यरत थिए।

करेन्ट लागेपछि गम्भीर घाइते भएका थारुलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएकोमा आज दिउसो उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको कमाण्डमा प्रहरीको टोली घटनास्थल पुगेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : ५४ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन