३ पुस २०८२, बिहिबार | December 18, 2025

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते



नयाँदिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको प्रहरीले सोमबार जनाएको छ । आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब ३८७ किलोमिटर दक्षिणपश्चिममा रहेको अन्नामया जिल्लाको पुल्लमपेटा क्षेत्रमा आइतबार राति दुर्घटना भएको हो ।

करिब ४० टन आँप तथा २० जना कामदारहरू लोडको माथि बसेको लरीले नियन्त्रण गुमाइ दुर्घटना भएको एक प्रहरी अधिकारीले बताएका छन् । प्रहरीले लरी पल्टिएपछि आँपका टोकरीहरू मजदुरहरू माथि परेका कारण केहीको निधन भएको र केही कामदार घाइते भएको जनाएको छ ।

दुर्घटनापछि स्थानीय र आपतकालीन कर्मचारीले घाइतेहरूलाई उद्धारका गरी अस्पताल पु¥याएको जनाएका छन् । प्रहरीले ओभरलोडिङ्का कारण दुर्घटना भएको जनाएको छ भने दुर्घटनाबाट बाँचेका चालकले विपरीत दिशाबाट आउँदै गरेको कारमा ठोक्किनबाट बच्ने प्रयास गर्दा लरीले नियन्त्रण गुमाएको बताएका छन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : १२ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन