३ पुस २०८२, बिहिबार | December 18, 2025

३५ अङ्कले घट्यो नेप्से परिसूचक



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक ३५ दशमलव ०९ अङ्कले घटेर दुई हजार ७२५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव २७ प्रतिशतको गिरावट हो ।

आज ३२१ कम्पनीको दुई करोड ११ लाख दुई हजार ५४० कित्ता शेयर ७२ हजार ६०१ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ४६ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैङ्क एक दशमलव ४८, वित्त एक दशमलव १३, होटल तथा पर्यटन शून्य दशमलव २५, लगानी एक दशमलव २५, जीवन बीमा एक दशमलव ३६ र उत्पादन तथा प्रशोधन शून्य दशमलव ७८ प्रतिशतले घटेको छ ।

त्यस्तै, लघुवित्त एक दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव १७, निर्जीवन बीमा एक दशमलव ०५, व्यापार शून्य दशमलव ६४ र अन्य समूह एक दशमलव २४ प्रतिशतले घटेको छ ।

माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै पाँच दशमलव ९० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ४६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : ५७ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन