६ पुस २०८२, आइतबार | December 21, 2025

‘नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डको समस्या समाधानउन्मुख छ’



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणघाट-बुटवल सडकअन्तर्गत पर्ने दाउन्ने खण्डको समस्या समाधानउन्मुख रहेको बताएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै उनले अब उक्त क्षेत्रमा ठूलो पानी परेर समस्या नभएमा सडक निर्बाध सञ्चालनमा आउने बताए । अब चाँडै त्यो क्षेत्रमा यात्रुले दुःख भोग्नुपर्ने समस्याको अन्त्य हुने मन्त्री दाहालले आश्वस्त पारे । उनले सो क्षेत्रमा सडक निर्माण गर्ने क्रममा एकतर्फ सवारीसाधन सञ्चालन गरी काम गर्ने क्रममा ट्राफिक जाम हुन पुगेको बताए ।

“एसियाली विकास बैंकको ऋण सहयोगमा नारायणघाट-बुटवलखण्ड ११३ किलोमिटर सडक स्तरोन्नतिको कामलाई पूर्व तथा पश्चिम गरी दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । हालसम्म ६४ प्रतिशत भौतिक प्रगति भएको छ”, मन्त्री पौडेलले भने ।

उनले यातायात क्षेत्रलाई चुस्त बनाउन प्राथमिकताका आधारमा सडक निर्माण कार्र्यलाई तीव्रता दिएको पनि उल्लेख गरे । मन्त्री पौडेलको भनाइ थियो, “बढी आवागमन हुने क्षेत्र, जनताका उत्पादनको बजार पहुँच र त्रिदेशीय सम्बन्धलाई स्थापित गर्ने क्षेत्रलाई प्राथमिकतामा राखेर काठमाडौंसँग जोडिएका सडक विस्तारको काम भइरहेको छ ।”

उनले मातहतको मन्त्रालयअन्तर्गत नेपाल निर्माण व्यवसायी विकास परिषद् र देशमा दर्ता भएका ‘क’ वर्गका ३४८ वटा कम्पनी रहेको बताए । समयमा निर्माण सम्पन्न गर्न नसक्ने व्यवसायीको ठेक्का अन्त्य गरी नियमअनुसार कालोसूचीमा राख्न सिफारिस गर्ने गरिएको मन्त्री पौडेलले बताए । उनले भने, “विसं २०८१ असोज महिनासम्म सडक विभागको करिब रु २३० अर्ब कूल ठेक्का दायित्व रहेको छ । चालु आव २०८१/०८२ को असार मसान्तसम्म निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी छिनोफानो गर्ने गरी बजेटको व्यवस्था भइरहेको छ ।”

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : ०३ बजे

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक