४ चैत्र २०८२, बुधबार | March 18, 2026

सम्मरीमाई र मर्चवारीमा भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण



बुटवल । रुपन्देहीको सम्मरीमाई र मर्चवारी गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एक दिवसीय भूमि समस्या समाधान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुवै पालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रमको सहजीकरण भूमि समस्या समाधान आयोग रुपन्देहीले गरेको थियो ।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले उपस्थित सबैलाई स्वागत गर्दै अभिमुखीकरण तथा तालिमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कर्यक्रमको उदघाटन गर्दै भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापामगरले आयोगले थालेका कार्यका लागि पालिकाभित्रका सबै राजनीतिक दल र पालिकाका जनप्रतिनिधिहरूले पनि निरन्तर सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए । उनले भूमि आयोगले रुपन्देही जिल्लामा भूमि समस्या समाधानका लागि हालसम्म गरेका कार्यहरुबारे जानकारी गराएका थिए ।

अभिमुखीकरण कार्यक्रममा आयोगका विज्ञ सदस्य दामोदर पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको जग्गा वितरणका आवश्यक प्रक्रियाहरुबारे सहजीकरण गरेका थिए । उनले भूमि समस्या समाधान आयोगका कार्यविधि र प्रक्रियाबारे पनि जानकारी गराएका थिए ।

कार्यक्रममा आयोगका सदस्य रामबहादुर थापा र गंगा कार्की तथा नापी अधिकृत अनिल बस्नेत पनि सहभागी थिए । अभिमुखीकरण कार्यक्रममा दुवै पालिकाका उपाध्यक्ष, सम्पूर्ण वडाका वडाध्यक्ष तथा विभिन्न जनप्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

भूमि आयोग रुपन्देहीले जिल्लामा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई पछिल्लो समय तीव्रता दिएको छ । केही दिन अगाडि मात्रै कन्चन गाउँपालिका र सियारी गाउँपालिकामा गरी करिव एक हजार जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो ।

 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : ३४ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन