२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नौ सय घरमा खानेपानी सुविधा



म्याग्दी । म्याग्दीका नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख झलकमोहन ओझाले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका योजनाबाट नौ सय ३१ घरमा खानेपानीको पहुँच विस्तार भएको जानकारी दिए । एक हजार २८३ वटा धारा निर्माण भएकामा नौ सय ३१ वटा धारामा मिटर जडान गरिएको छ ।

आयोजनामार्फत तीन हजार ११९ मिटर मुख्य, एक सय छ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की र दुई सय ७७ वटा अन्य संरचना निर्माण भएका छन् ।

प्रदेश सरकारका ३६ वटा योजनाका लागि ६ करोड ९८ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ३५ वटा कार्यान्वयन र ९६ दशमलव ०९ प्रतिशत अथवा ६ करोड ७० लाख ९५ हजार रुपैयाँ खर्च भएको छ ।

सङ्घीय सरकारका पाँचवटा योजनाका लागि ५१ लाख बजेट प्राप्त भएकामा तीनवटा योजना कार्यान्वयन र ४३ लाख ९५ हजार अथवा ८६.१९ प्रतिशत खर्च भएको कार्यालय प्रमुख ओझाले बताए ।

यस वर्ष दोवा, हिस्तान औला, पुलाचौर, बरंजाको दह-खर्कमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ ।

घराम्दी खानेपानी योजनाको औला स्किमको उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले सबै उपभोक्ताको घरघरमा मिटरसहितको धारा जडान गरेर खानेपानी वितरण गरिएको बताए ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ०८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको