३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नेपाल-भारत सीमानाका बन्द हुने



बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ ।

यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

उनका अनुसार दार्चुलाको पुलघाट नाका जुलाई २१ (आगामी साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन ८ गते) बिहानसम्म बन्द हुनेछन् । यस्तै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उनले जानकारी दिए । उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १२ : २० बजे

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक