३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत



काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज बुधबार भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो ।

बैठकले वार्षिक नीति तथा कार्यक्रम समेत स्वीकृत गरेको छ । सो अवसरमा विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव ५ मात्रै भएको बैठकलाई अवगत गराइएको थियो ।

त्यस्तै सभाको बैठकले एकेडेमिक क्रेडिट बैंक स्थापना गर्ने निर्णय गरेको छ । जुनसुकै विश्वविद्यालयमा अध्ययन गरी बीचमै छाडेका विद्यार्थीहरुले आफूले ग्रहण गरेको क्रेडिट बैंकमा जम्मा गरी उपाधिका लागि अपुग रहेको क्रेडिट आवर अध्ययन गरी उपाधि पाउन सक्नेछन् । विश्वविद्यालय यससम्बन्धी विनियम बनाई कार्यान्वयनमा लगिने जनाएको छ ।

सभाको बैठकले स्कुल अफ ल स्थापना, देवदह शिक्षा विकास परियोजनाको गुरुयोजना कार्यान्वयनमा लैजाने समेत निर्णय गरेको छ । बैठकमा पेश भएका नियमावली संसोधन गर्ने निर्णयहरु स्वीकृत भएको सदस्य सचिव एवं रजिष्ट्रार आचार्यले जानकारी दिए ।

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बौद्ध दर्शनलाई अन्य विषयहरुमा राखेर प्राध्यपन गराउनु महत्वपूर्ण विषय रहेको बताए । उनले विश्वविद्यालयका हरेक कार्यक्रमहरु बौद्ध दर्शनलाई समेट्नेगरी हुनुपर्ने बताए ।

त्यस्तै सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रका रुपमा लैजाने गरी शैक्षिक कार्यक्रम तर्जुमा गर्नुपर्ने बताए । उनले अन्य विश्वविद्यालयभन्दा लुम्बिनी बौद्ध विश्वविद्यालय फरक हुनुपर्ने भन्दै विश्वभरका अध्येताहरु बौद्ध दर्शनको अध्ययनका लागि लुम्बिनी आउने अवस्था बनाउनुपर्ने बताए ।

बैठकमा उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्यले विदेशी विद्यार्थीलाई आकर्षण गर्नेगरी शैक्षिक कार्यक्रमको उपाधि स्थापना, सञ्चालन तथा विद्यार्थी केन्द्रीत शैक्षिक पूर्वाधार निर्माणमा जोड नीति कार्यक्रम तर्जुमा गरिएको बताए । एकेडेमिक क्रेडिट बैंक, ड्युल डिग्रीसहितको मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गरिने तथा बौद्ध दर्शन केन्द्रित अध्ययन अनुसन्धानलाई जोड दिने उनले बताए ।

उनले देवदहमा २० हजार विदेशी विद्यार्थी भर्ना गर्नेगरी पूर्वाधार निर्माणको थालनी गरिएको भन्दै यो पूर्वाधारले ५० वर्षको आवश्यकता पूरा गर्ने उनले बताए । सभाको बैठकले पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाउने स्वीकृति दिएको भन्दै उनले दातृ निकायलाइ आह्वान गरिने बताए ।

दुई संकाय, एक स्कुल, दुई आंगिक क्याम्पस र १४ वटा सम्बन्ध तथा सहकार्य क्याम्पस रहेको विश्वविद्यालयमा हाल २९ सय २२ जना विद्यार्थी अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  २ : २७ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क