२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा



कर्णाली । कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विसं २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार भोलि प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थामा बिदा सूचना गरिएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

माथिल्लो कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटमा विशेषगरी धार्मिक तथा सांस्कृतिक महत्व दिएर मनाउने यो पर्वमा देउडा लगाएर खेल्नेसमेत गरिन्छ । साउने सङ्क्रान्ति पर्वको दिनमा ती जिल्लाका समुदायले आफ्नो घरको छतमा सल्लाको तेलयूक्त काठलाई राँको बनाएर बाल्ने र वर्षभरि गाउँघरमा सिर्जित विकृतिलाई धार्मिक विधि अनुसार लुतोको रूपमा फाल्ने प्रचलन रहिआएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ३९ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष