१३ बैशाख २०८३, आइतबार | April 26, 2026

चिनियाँले सिनामंगलमा खोलेको कारखानामा प्रहरीको छापा, दुई करोडको सामान बरामद



काठमाडौं । काठमाडौंको पुरानो सिनामंगलस्थित एउटा घरमा चिनियाँ नागरिकले अवैध रूपमा ल्यापटपका पाटपुर्जा, ब्याट्री, सिसी क्यामेरा र अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कारखाना नै खोलेको पाइएको छ। अवैध रुपमा कारखाना खोलेर कर छली गर्दै आएको पाइएपछि प्रहरीले ती चिनियाँलाई पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो साढे ४ बजे सो घरमा छापा मारेको हो। यसक्रममा ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका छन्।

पक्राउ परेका चिनियाँ नागरिक चीनको स्यान्डोङका हुन्।  उनी हाल काठमाडौंको पुरानो सिनामंगलमा बसोबास गर्दै आएका थिए।

गैरकानुनी रूपमा विद्युतीय सामग्री उत्पादन र भण्डारण गर्दै आएको फेला पारेपछि काठमाडौं९३२ पञ्चमुखी चोकको सो भवनमा छापा मारिएको प्रहरीले जनाएको छ।

सरकारी इजाजतबिनै सञ्चालन गरिएको उक्त कारखानाबाट २ करोड १९ लाख ७६ हजार ७ सय बराबरको राजस्व छली भएको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

‘सो कारखाना कुनै पनि सरकारी निकायमा दर्ता थिएन, न उद्योगको इजाजत लिइएको थियो, न त कर दस्तुर तिरिएको पाइयो,’ आचार्यले भने, ‘व्यक्तिगत आवासलाई नै गोदाम र कारखाना बनाएर गैरकानुनी उत्पादन, प्रशोधन र वितरण कार्य भइरहेको पाइयो।’

उक्त घरबाट १ करोड १९ लाख बराबरको ल्यापटपको ब्याट्री बरामद भएको छ। चिनियाँ नागरिकले एचपी, डेल, एसर, एसुस, लेनोभोलगायत ब्राण्डका ल्यापटपका ब्याट्रीका पार्टपूर्जासमेत बनाउँथे। प्रहरीले तयारी अवस्थामा रहेका ३ हजार ९२ थान ल्यापटप बरामद रेको छ। विभिन्न ब्राण्डका सिसी क्यामेरा उपकरण १ हजार ४७९ थान बरामद भएको आचार्यले बताए।

वाङले चीनबाट ल्याइएको कच्चा पदार्थलाई काठमाडौंमा प्रशोधन गरी तयार सामान बनाउने र बिल९बिजकबिनै बिक्री वितरण गर्ने कार्य गर्दै आएको आचार्य बताउँछन्।

प्रहरीले कारोबारलाई ठूलो परिमाणको राजस्व छली तथा अनधिकृत व्यापारिक गतिविधि मानेर विस्तृत अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको छ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ५३ बजे

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ

साहारा नभएका सुकुमवासीलाई होटलमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौँ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगन्ज । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक