१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

चिनियाँले सिनामंगलमा खोलेको कारखानामा प्रहरीको छापा, दुई करोडको सामान बरामद



काठमाडौं । काठमाडौंको पुरानो सिनामंगलस्थित एउटा घरमा चिनियाँ नागरिकले अवैध रूपमा ल्यापटपका पाटपुर्जा, ब्याट्री, सिसी क्यामेरा र अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कारखाना नै खोलेको पाइएको छ। अवैध रुपमा कारखाना खोलेर कर छली गर्दै आएको पाइएपछि प्रहरीले ती चिनियाँलाई पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो साढे ४ बजे सो घरमा छापा मारेको हो। यसक्रममा ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका छन्।

पक्राउ परेका चिनियाँ नागरिक चीनको स्यान्डोङका हुन्।  उनी हाल काठमाडौंको पुरानो सिनामंगलमा बसोबास गर्दै आएका थिए।

गैरकानुनी रूपमा विद्युतीय सामग्री उत्पादन र भण्डारण गर्दै आएको फेला पारेपछि काठमाडौं९३२ पञ्चमुखी चोकको सो भवनमा छापा मारिएको प्रहरीले जनाएको छ।

सरकारी इजाजतबिनै सञ्चालन गरिएको उक्त कारखानाबाट २ करोड १९ लाख ७६ हजार ७ सय बराबरको राजस्व छली भएको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

‘सो कारखाना कुनै पनि सरकारी निकायमा दर्ता थिएन, न उद्योगको इजाजत लिइएको थियो, न त कर दस्तुर तिरिएको पाइयो,’ आचार्यले भने, ‘व्यक्तिगत आवासलाई नै गोदाम र कारखाना बनाएर गैरकानुनी उत्पादन, प्रशोधन र वितरण कार्य भइरहेको पाइयो।’

उक्त घरबाट १ करोड १९ लाख बराबरको ल्यापटपको ब्याट्री बरामद भएको छ। चिनियाँ नागरिकले एचपी, डेल, एसर, एसुस, लेनोभोलगायत ब्राण्डका ल्यापटपका ब्याट्रीका पार्टपूर्जासमेत बनाउँथे। प्रहरीले तयारी अवस्थामा रहेका ३ हजार ९२ थान ल्यापटप बरामद रेको छ। विभिन्न ब्राण्डका सिसी क्यामेरा उपकरण १ हजार ४७९ थान बरामद भएको आचार्यले बताए।

वाङले चीनबाट ल्याइएको कच्चा पदार्थलाई काठमाडौंमा प्रशोधन गरी तयार सामान बनाउने र बिल९बिजकबिनै बिक्री वितरण गर्ने कार्य गर्दै आएको आचार्य बताउँछन्।

प्रहरीले कारोबारलाई ठूलो परिमाणको राजस्व छली तथा अनधिकृत व्यापारिक गतिविधि मानेर विस्तृत अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको छ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ५३ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा