१० असार २०८३, बुधबार | June 24, 2026

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध



टीकापुर । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो ।

नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरेका छन् ।

नगरपालिकाको निर्णयविपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक रु एक हजार, दोस्रो पटक रु तीन हजार र तेस्रो पटक रु पाँच हजार जरिवाना हुने उनले बताए ।

त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलोपटक रु १० रु ५० र तेस्रो पटक रु १०० जरिवाना लिइने छ । प्लाष्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक रु दुई हजार, दोस्रो पटक रु चार हजार र तेस्रो पटक रु छ हजार जरिवाना हुनेछ ।

नगरपालिकालाई प्लाष्टिकमुक्त गर्ने निर्णय कठोर भएर कार्यान्वयन गर्ने प्रतिबद्धता नगरप्रमुख चौधरीले व्यक्त गरेका छन् । पालिकाले स्थानीय राजपत्रमा २०८० साल चैत २५ गते यससम्बन्धी सूचना प्रकाशन गरेर प्लाष्टिकको प्रयोग नगर्न अनुरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ९ : ५५ बजे

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं