१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपालगन्जका विद्यालयहरुलाई नेपाली कपडा र नेपालकै टेलरमा सिलाएको पोशाक बनाउन उपमहानगरको निर्देशन



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले पालिका अन्तर्गतका बिद्यालयहरुलाई स्वदशी कपडाको पोषाक प्रयोग गर्न गराउन र स्वदेशी टेलरमा सिलाउन निर्देशन जारी गरेको छ । सिमा पारी भारतिय बजारका व्यवसायीहरुले बिद्यालयका ढोका ढोकामा आकषृक विज्ञापन राख्ने र कतिपय बिद्यालयहरुले सिमा पारीको पसलबाट ड्रेस ल्याउन अभिभावकलाई बाध्य पार्ने गरेको गुनासो आएपनि उपमहानगरले विद्यालय पोषाक नेपाली कपडा र नेपाली टेलरमा सिलाएको हुनुपर्ने निर्देशन जारी गरेको हो ।

विद्यालय संचालकहरु कमिसनको लोभमा सिमापारीका कपडा पसलहरुबाट प्रभावित हुन थालेपछि कपडा व्यवसायी संघ र सिलाई व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएका थिए । जिल्ला प्रशासनबाट प्राप्त पत्रलाई आधार मानेर उपमहानगरपालिकाले सूचना प्रकाशित गरेर विद्यालयहरुलाई निर्देशन गरेको हो ।

विद्यालयले पोषाक निर्धारण गर्दा नेपाली कपडा र नेपाली टेलरमा सिलाएको हुनु पर्ने सूचना जारी गर्दै उपमहानगरले पोषाक परिवर्तन गर्नु परे अन्तिम परीक्षा अगार्व विद्यार्थीहरुलाई पूर्व सूचना दिन पनि निर्देशन दिएको छ ।

विद्यालयहरुले ड्रेस सिलाउनका लागि गोप्य सम्झौता गर्ने गरेको गुनासो आएको सूचनामा उल्लेख गरिएको छ । उपमहानगरका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाले जारी गरेको सूचनामा विद्यालयहरुले कमिसनको कारोबार गरेको गुनासो आएको समेत जनाइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ४ : ३८ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी