२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नविकरण भएको छैन : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण नभएको बताएका छन् । शुक्रबारको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नविकरण नभएको बताएका हुन् ।

उनले सदस्यता नविकरणका विषयमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताए । ‘पार्टीको सदस्यता नवीकरण भएको छैन। सदस्यताको निर्णय कमिटीले गर्छ । विधिसम्मत छलफल गरेर निर्णय गर्ने हो ।’ उनले भने ।

ओलीले पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने बताए । ‘पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा पत्रिकाबाट मात्र थाहा भयो । उहाँलाई दुई पटक पार्टीले राष्ट्रपतिमा पठाएको हो । अहिलेको संवैधानिक व्यवस्था अनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिइएको हो । उचालेका आधारमा उहाँ सक्रिय राजनीतिमा आउनु हुँदैन ।’ उनले भने ।

उनले पार्टी पद्धति र प्रक्रियाका विषयमा पार्टीभित्र छलफल हुने भएपनि पार्टीमाथि आक्रमण भएका बेला बाहिर गएर बोल्ने कुरा उचित नहुने समेत बताए । पार्टीका विरुद्ध ठुलो सङ्गठित हमला भइरहेको उल्लेख गर्दै उनले पार्टी भित्रबाट भएका हमला रोकिनुपर्ने बताए ।

पूर्व राष्ट्रपति भण्डारीले भने आफ्नो सदस्यता नविकरण भै सकेको बताउँदै पार्टी अध्यक्षमा आफ्नो दाबी रहने बताउँदै आएकी छन् ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ८ : १५ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु