३ पुस २०८२, बिहिबार | December 18, 2025

ब्रेकफेल भएपछि काभ्रेमा यात्रुवाहक बस दुर्घटना, २३ जना घाइते



काभ्रे । काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका–८ स्थित पौवामा शनिबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्।

रामेछापको डोरखानीबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस ब्रेक फेल भएर दिउँसो करिब १२स्२० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार । बसमा जम्मा ३२ जना यात्रु सवार थिए।

दुर्घटनामा घाइते भएकाहरूमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। सबै घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको छ।

घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ३ : १० बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन