१९ माघ २०८२, सोमबार | February 2, 2026

नहरमा डुबेर एक जनाको मृत्यु



कैलाली । कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका– २ का २२ वर्षीय प्रेम रसाइली रहेका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए । रसाइली लम्कीचुहा– ६ गुलरास्थित ससुराली घरमा बस्दै आएका थिए ।

केही समययता जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । शुक्रबार मात्रै गौरीगङ्गा नगरपालिकास्थित नदीमा डुबेर एकै परिवारका दाजुभाइको मृत्युभएको थियो । सोही नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ७ : ४२ बजे

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

काठमाडौं । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन

पूर्वमन्त्री जितेन्द्र देवद्वारा नेकपा एमाले परित्याग

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो, ३ दिनमा ५२ हजार ७०० कम

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३