२२ चैत्र २०८२, आइतबार | April 6, 2026

मेयरको धम्कीपछि रौतहटका पत्रकार प्रजापति घरैमा झुन्डिएको अवस्थामा फेला



रौतहट । रौतहटका पत्रकार रवीन्द्र प्रजापति घरैमा झुन्डिएको अवस्थामा भेटिएका छन् । कटहरिया नगरपालिका-५ निवासी ३० वर्षीय पत्रकार प्रजापति शनिबार साँझ घरमै झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनी झुण्डिएको पासो काटेर परिवारले अस्पताल लगे पनि चिकित्सकले मृत घोषित गरेका थिए । इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार शव पोस्टमार्टका लागि गौर अस्पताल लगिएको छ ।

पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत रहेर समाचार पढ्ने गर्थे । उनले स्थानीय पत्रिकामा समाचार पनि लेख्दै आएका थिए ।

उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धम्की पाइरहेको पारिवारिक स्रोतले जनाएको छ । खानेपानी समस्यासम्बन्धी समाचार लेखेपछि उनलाई मेयर जयसवालले धम्की दिँदै गाली गरेको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार मेयर जयसवालले दिएको धम्कीका कारण पत्रकार प्रजापति केही समयदेखि तनावमा रहेको र डरले घरबाट बाहिरसमेत निस्किन छाडेका थिए ।

उनको आत्महत्यामा मेयरले दिएको धम्की मुख्य कारण हुनसक्ने स्थानीय बताउँछन् ।

मेयर जयसवालले पत्रकार प्रजापतिलाई दिएको धम्कीविरुद्ध प्रेस चौतारी रौतहट शाखाले गत जेठ २९ गते विज्ञप्तिसमेत जारी गरेको थियो ।

प्रेस चौतारी रौतहटका अध्यक्ष अशोक पहाडीले विज्ञप्ति जारी गर्दै पत्रकारलाई मेयर जयसवालले दिएको धम्कीबारे छानबिन गरी दोषीलाई कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।

गरुडाका डीएसपी राजन कार्कीले मृतक पत्रकार प्रजापतिलाई मेयर जयसवालले धम्की दिएको विषयमा जानकारी नआएको बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ११ : ०० बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको