४ पुस २०८२, शुक्रबार | December 19, 2025

अध्यक्ष लिङ्देनको निर्णयविरुद्ध उपाध्यक्ष गिरी निर्वाचन आयोगमा



काठमाडौं । राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध कानुनी उपचार खोज्दै निर्वाचन आयोग पुगेका छन्।

गिरीले आफूलाई पार्टी उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट निष्कासन गरिएकोप्रति आपत्ति जनाउँदै त्यसलाई स्वेच्छाचारी र विधानविपरीतको कदम भनेका छन्।

गिरीले आयोगमा निवेदन दिँदै भनेका छन्, “पार्टीको विधानविपरीत मलाई न उपाध्यक्ष बनाइयो, न केन्द्रीय सदस्य रहने ठाउँ दिइयो। त्यो पनि सामाजिक सञ्जालमार्फत जानकारी दिइयो, जुन अत्यन्त दुःखद् हो।”

उनका अनुसार कारबाहीको प्रक्रिया पूर्णतः असंवैधानिक ढंगले अघि बढाइएको छ। “कसैलाई कारबाही गर्नुपर्दा विधानअनुसार केन्द्रीय समिति हुँदै अनुशासन समिति मार्फत प्रक्रिया अघि बढ्नुपर्छ। सफाइ दिने अवसरसमेत दिनुपर्छ। तर अध्यक्षले स्वेच्छाचारी ढंगले निर्णय गरेका छन्,” गिरीले स्पष्ट पारे।

गिरीले आफूविरुद्धको कारबाहीले आफ्नो लामो राजनीतिक जीवन र छविमा आघात पु¥याएको आरोपसमेत लगाएका छन्। उनले पार्टीभित्रको असहमति र मतभेद समाधान गर्न वैधानिक प्रक्रियाको पालना आवश्यक भएकोमा जोड दिएका छन्।

गिरीलाई साथ दिन राप्राको संस्थापन संस्थापनइतर समूहका नेताहरु पनि आयोग पुगेका थिए ।

 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : १९ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा