११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

सामन्तवादको अन्त्य भए पनि यसको अवशेष अझै बाँकी रहेको ‘महाभोज’को सन्देश : प्रचण्ड



काठमाडौं । नेकपा (मोओवादी केन्द्र)का अध्यक्ष पुष्यपकमल दाहाल प्रचण्डले नेपाली कथानक चलचित्र ‘महाभोज’ चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक रहेको बताएका छ । चलचित्र भवनमा पुगेर ‘महाभोज’ हेरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले आजको पुस्ताले यो चलचित्र एक पटक हेरेर यसको गहिरो भाव बुझुन अपिल गरेका छन् ।

लामो समयपछि चलचित्र हेर्ने अवसर मिलेको जनाउँदै उनले त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी रहेको चलचित्रमा चित्रण गरिएको उल्लेख गरेका छन् ।

‘त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन्। “यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ” भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ।’ उनले प्रतिक्रियामा लेखेका छन् ।

योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यहरूलाई अध्यक्ष प्रचण्डले धन्यवाद दिएका छन् ।

‘महाभोज’ सोसल ड्रामा जनरामा आधारित छ । सहकारी संस्थामा वचत गरिएको रकम अपचलन हुँदा वचतकर्ताको सामाजिक र आर्थिक जीवनमा ल्याउने उतारचढावको कथा यसमा छ ।

सहकारी संकटको कथावस्तुमा बनेको फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलाको अभिनय छ ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस फिल्मका निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : ०० बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र