२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपाल प्रहरीका ३५ प्रहरी अधिकृतहरुको बढुवा सिफारिस



काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षक र प्रहरी उपरीक्षकबाट बढुवाका लागि सिफारिस भएकाहरुको नाम सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशित गर्दै बढुवा सिफारिस भएकाहरुको नाम सिफारिस गरेको हो ।

प्रधान कार्यालयबाट प्रकाशित सूचना अनुसार १३ प्रहरी निरीक्षक, ११ प्रहरी नायव उपरीक्षक(डिएसपी) र ११ जना प्रहरी उपरीक्षक(एसपी)को बढुवाका लागि सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समिति बैठकले ३५ जना प्रहरी अधिकृतहरुको लाई बढुवा सिफारिस गरेको हो ।

प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा सिफारिस हुनेहरूमा बसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल र पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल रहेका छन् भने डिएसपीबाट एसपीमा बढुवा सिफारिस हुनेहरुमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का रहेका छन् ।

त्यसैगरी बढुवा समितिको बैठकले एसपीबाट एसएसपीमा बढुवा सिफारिस हुने ११ जनामा तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधी ज्ञवाली, दीपक पोखरेल, प्रविण धिताल, राजीब बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुयाल रहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : ३८ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर