२० माघ २०८२, मंगलबार | February 3, 2026

सेयर कारोबारी दिपेन्द्र अग्रवाल तीन दिन हिरासतमा रहने



काठमाडौं। करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल ३ दिन हिरासतमा रहने भएका छन्।

उनीमाथि अनुसन्धान गर्न बाँकी रहेको भन्दै काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

सोमबार बिहान टोखाबाट पक्राउ परेका उनलाई प्रहरीले लगत्तै जिल्ला अदालत, काठमाडौमा उपस्थित गराएको थियो ।

त्यसपछि अदालतले अग्रवाललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले उनीविरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ ।

जनकपुरका दिनेशप्रसाद साहले आफूसँग ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिए पछि प्रहरीले सेयर कारोवारी अग्रवालको खोजी थालेको थियो ।

 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ८ : ०८ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि