५ माघ २०८२, सोमबार | January 19, 2026

मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान संघीयमन्त्रीहरु बीच छलफल



काठमाडौं । मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न विभिन्न चार मन्त्रीबीच छलफल भएको छ ।

वर्षात्का समयमा मधेस प्रदेशका आठ जिल्लामा पानी अत्यन्त कम परेकाले खानेपानी तथा सिँचाइको अभाव भएपछि उक्त समस्या समाधान गर्न सोमबार कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीको पहलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कानुन तथा संसदीय मामिलामन्त्री अजय चौरासिया र खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवबीच छलफल भएको हो ।

ऊर्जा मन्त्रालयमा भएका सो बैठकमा ती चारवटै मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो । बैठकमा मन्त्री अधिकारीले मधेस प्रदेशमा अत्यन्त कम वर्षा हुँदा रोपाइँ हुन नसकेको सन्दर्भमा अध्ययन गर्न टोली परिचालन गरिएको जानकारी दिएका थिए । उनले टोलीले दिएको सुझावका आधारमा मन्त्रालयले थप काम गर्ने बताएका थिए ।

बैठकले मधेशमा खानेपानीको समस्यासमेत रहेको जनाउँदै त्यसको अध्ययन गर्नका लागि चारवटै मन्त्रालयका सहसचिवको प्रतिनिधित्व ।रहनेगरी एक कार्यदल गठन गरेको छ ।

उक्त कार्यदलले तत्काल समस्या पहिचान गरी शीघ्र समाधानका उपाय खोज्ने जनाइएको छ । छलफलमा जलस्रोत तथा सिँचाइसचिव सरिता दवाडीले तराईका जम्मा ५० प्रतिशत हाराहारीमा मात्र सिँचाइ सुविधा पुगेको बताए । उनले सिँचाइ र खानेपानीका लागि भूमिगत पानी नै उत्तम उपाय भएको उल्लेख गरे ।

बैठकमा मन्त्री अधिकारीले किसानका समस्या समाधान गर्न सरकारले उच्च प्राथमिता दिएको हुँदा यसका लागि चारमन्त्रालयका बीचमा थप समन्वय आवश्यक रहेको बताए ।

ऊर्जामन्त्री खड्काले चाँडोभन्दा चाँडो जनतालाई खानेपानी र सिँचाइको सुविधा पुर्याउन सरकार लागिरेहको बताउँदै सबै मन्त्रालयबीच समन्वय गरेर चाँडो काम सम्पन्न गर्न लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ४५ बजे

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच

प्रतिनिधिसभा निर्वाचनमा लड्न बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

हेटौंडा । बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट

सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा