५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक



रौतहट। रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले नेपाली नम्बरको ब्रेजा कारभित्र ठुलो परिमाणमा गाँजा बरामद गरेको छ।

ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।

ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले क्रेनको मधतबाट २० फिट तल खेतमा रहेको उक्त कार माथी ल्याएर खानतलासी गर्दा छुटाछुटै प्याक गरिएको प्लास्टिकको पोकाभित्र सो परिमाणको गाँजा बरामद गरिएको डिएसपी कार्कीले जानकारी दिए ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको नेपाली नम्बरको उक्त कार आज बिहान इलाका प्रहरी कार्यालय गरुडाको टोलीले रोक्न खोज्दा चालकले तिब्र गतिमा गाडी भगाएका थिए। प्रहरीको टोलीले गाड़ी पछ्याउँदै जाँदा कार चालकले गरुडा नगरपालिका–५ झाँझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी झारेर चालक फरार भएको प्रहरीले जनाएको छ।

डिएसपी राजन कार्कीले झाँझ खोला छेउ खेतको खाल्डोमा गाँजा तस्करले गाडी झारेर उखुबारी हुँदै भागेको बताएका छन्। प्रहरीले चारैतिरबाट उखु बारी घेरा हालेर सर्च गरे पनि चालक भने फरार हुन सफल भएको छ।

बरामद कारसहितको गाँजाबारे अनुसन्धान भैइरहेको डिएसपी कार्कीले बताएका छन्। बरामद नेपाली नम्बरको कारको माध्यमले गाँजाको बास्तविक कारोबारी पक्राउ हुनसक्ने ईलाका प्रहरी कार्यालय गरुडाको अनुमान छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ११ : ४४ बजे

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली