५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

१२ केजी गाँजासहित दुई महिला पक्राउ



गाईघाट । उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीय लीलादेवी राम छन् ।

प्रहरी चौकी नेपालटारका गस्ती टोलीले शनिबार नेपालटारस्थित कमान क्षेत्रमा गस्तीका क्रममा दुई महिला र उनीहरूका साथबाट गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले बताए ।

उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा खरिद गरेर सिरहा लहान हुँदै भारततर्फ पैठारी गर्ने लक्षका साथ उनीहरूले गाँजा खरिद गरेर फर्कने क्रममा कमानमा प्रहरी गस्ती टोलीले पक्राउ गरेको उनले बताए । पक्राउ गरिएका दुई महिलालाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १० : ०८ बजे

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली