पोखरा । पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखरामा रहेको चरक अस्पतालमा उपचारको क्रममा ७० वर्षीया महिलाको मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि गएको असार २५ गते अस्पताल भर्ना भएकी उनको साउन ४ गते मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काका अनुसार ती महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
अस्पताल भर्ना भएपछि जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पीसीआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय भारतमा कोरोनाका बिरामी बढ्दै गएका छन् । भारतीय प्रभावकै कारण नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेको स्वास्थ्यकर्मीको अनुमान छ ।



















प्रतिक्रिया