१६ श्रावण २०८३, शनिबार | August 1, 2026

पद होइन, मलाई काम चाहिन्छ नत्र पार्टीमा धेरै दिन बस्दिन : बामदेव गौतम



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा हालैमात्र समाहित भै वरिष्ठ नेता बनेका बामदेव गौतमले आफूलाई काम नदिए सो पार्टीमा धेरै दिन नबस्ने बताएका छन् ।

बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बोल्दै नेता गौतमले आफुलाई पदको लोभ नभएको स्पष्ट पार्दै पार्टीभित्र जिम्मेवारीसहितको भूमिका दिन आग्रह गरेका छन्। उनले पार्टीले काम गर्ने अवसर नदिएमा लामो समयसम्म पार्टीमा टिक्न नसक्ने चेतावनीसमेत दिएका छन्।

गौतमले आफू पदका लागि नभई कामका लागि पार्टीमा आएको बताए। “मलाई के पद दिने भनेर कुरा उठेको छ, तर म दोहोर्याएर भन्छु – मलाई पद चाहिएको छैन। मलाई काम देऊ। काम गर्नका लागि जुनसुकै पद सिर्जना गर्नुपर्छ, त्यो गरिदेऊ।” उनले कामविहीन पद आफूलाई नचाहिने स्पष्ट गर्दै भने, “काम नदिने हो भने म पार्टीमा टिक्दिन। म काम नगरी बस्न सक्दिन।”

गौतमले संविधानमा उल्लेख भएको समाजवादको निर्माणमार्फत नेपाललाई संसारकै विकसित समाज बनाउने दिशामा अघि बढ्नुपर्नेमा पनि जोड दिए। उनले कार्यदक्षता, विचारधारा र अभियानसहितको सक्रिय भूमिकाका लागि आफू तयार रहेको भन्दै पार्टीले त्यो अवसर दिनुपर्ने बताए।

वरिष्ठ नेता गौतमको यस्तो अभिव्यक्तिलाई पार्टीभित्र कार्य विभाजन र नेतृत्व शैलीप्रति संकेतपूर्ण असन्तुष्टि मानिएको छ।

 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ११ : ५० बजे

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न