२२ चैत्र २०८२, आइतबार | April 5, 2026

‘कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न’



काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले सिङ्गै सदनलाई झुक्याउने गरी ‘कुलिङ पिरियड’ तोडमोड गर्नेलाई छुट दिन नहुने बताएका छन् ।

आज नेपाल निजामती कर्मचारी युनियन, विभागीय कार्यसमिति, महालेखा परीक्षकको कार्यालयले आयोजना गरेको नवौँ विभागीय अधिवेशन तथा नवनियुक्त, पदोन्नति प्राप्त कर्मचारीलाई स्वागत, अवकाश प्राप्त कर्मचारीलाई बिदाई एवं सम्मान कार्यक्रम आयोजना गरेको कार्यक्रममा बोल्दै नेता केसीले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “एउटा समितिबाट पारित भइसकेको कुलिङ पिरियडको व्यवस्था सिङ्गै सदन झुक्याउने गरी अर्को आउँछ भने त्यो भन्दा ठूलो धोका अरु के हुन्छ ? भोलिका दिनमा कसैले देशलाई नै खतरा हुने गरी संशोधन गरे त्यसको जवाफदेही को हुन्छ ?”

नेता केसीले निजामती सेवा ऐनलाई परिर्वतन गरी प्रशासनिक सेवा, नागरिक सेवालगायत राख्नुपर्ने जिकिर गरे । उनले भने, “यो विषय अहिले राष्ट्रियसभामा पुगिसकेको छ । हाम्रो हातमा पनि छैन । तर मेरो विचारमा निजामती सेवा ऐन परिर्वतन गर्न जरुरी छ ।”

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ९ : ३४ बजे

महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा नारायणदत्त कँडेल (बागलुङ)लाई

सभामुखले सम्हाले कार्यभार, निस्पक्ष र तटस्थ भएर काम गर्ने प्रतिवद्धता

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद्

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल थुनामुक्त, सुलभमाथि अनुसन्धान जारी

काठमाडौं । शंकरलाल अग्रवाल थुनामुक्त भएका छन् । सम्पत्ति शुद्धीकरण

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

बुटवल । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता,

राष्ट्रपतिसमक्ष सभामुखको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले