२२ चैत्र २०८२, आइतबार | April 5, 2026

निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराएका छन् ।

आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले लेखेका छन्, “यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।”

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  १० : ०६ बजे

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ ।

प्रतिनिधिसभाको सभामुखमा डोरप्रसाद अर्याल निर्विरोध निर्वाचित

काठमाडौं। प्रतिनिधि सभाको सभामुख पदमा डोरप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका

खोजी अभियान : चार दिनमा दुई सय २६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध

डीपी अर्याललाई सभामुखमा समर्थन गर्ने दललाई रवि लमिछानेले दिए धन्यवाद

काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका डोलप्रसाद अर्यालको विजयीलाई

माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

मुस्ताङ । माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको