१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पूर्वराष्ट्रपति भण्डारीद्वारा शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विशेष पत्रकार सम्मेलन गर्ने भएकी छन्।

भोलि (साउन ९ गते) दिउँसो ३ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भण्डारीले आफ्ना धारणा राख्नेछिन् ।

यो पत्रकार सम्मेलन नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आफ्नो पार्टी सदस्यता निस्क्रिय बनाउँदै राजनीतिमा रोक लगाउने निर्णय गरेपछि सार्वजनिक धारणा प्रस्ट पार्नका लागि आयोजना गरिएको हो।

हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने निर्णय गरेको थियो। पार्टीले संविधान र पार्टी विधानका विभिन्न धारा उल्लेख गर्दै उनलाई फेरि सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको हो।

पूर्वराष्ट्रपति भण्डारी राजनीतिक रुपमा एमाले निकट मानिँदै आएकी हुन्। राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि उनी केही समयदेखि सार्वजनिक रुपमा गतिविधिमा कम देखिएकी थिइन्। तर पछिल्लो समय पार्टीभित्र उनीबारे व्यापक बहस चल्दै आएको छ।

भोलिको पत्रकार सम्मेलनमा उनी स्वयंले आफ्नो राजनीतिक भविष्य र पार्टी निर्णयप्रति दृष्टिकोण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ९ : १३ बजे

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन