१ पुस २०८२, मंगलबार | December 16, 2025

पूर्वराष्ट्रपति भण्डारीद्वारा शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विशेष पत्रकार सम्मेलन गर्ने भएकी छन्।

भोलि (साउन ९ गते) दिउँसो ३ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भण्डारीले आफ्ना धारणा राख्नेछिन् ।

यो पत्रकार सम्मेलन नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आफ्नो पार्टी सदस्यता निस्क्रिय बनाउँदै राजनीतिमा रोक लगाउने निर्णय गरेपछि सार्वजनिक धारणा प्रस्ट पार्नका लागि आयोजना गरिएको हो।

हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने निर्णय गरेको थियो। पार्टीले संविधान र पार्टी विधानका विभिन्न धारा उल्लेख गर्दै उनलाई फेरि सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको हो।

पूर्वराष्ट्रपति भण्डारी राजनीतिक रुपमा एमाले निकट मानिँदै आएकी हुन्। राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि उनी केही समयदेखि सार्वजनिक रुपमा गतिविधिमा कम देखिएकी थिइन्। तर पछिल्लो समय पार्टीभित्र उनीबारे व्यापक बहस चल्दै आएको छ।

भोलिको पत्रकार सम्मेलनमा उनी स्वयंले आफ्नो राजनीतिक भविष्य र पार्टी निर्णयप्रति दृष्टिकोण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ९ : १३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको