५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

‘लिभिङ टुगेडर’मा बस्दै आएका युवतीको संगै बस्ने पुरुषबाट हत्या



नेपालगन्ज । नेपालगन्जमा ‘लिभिङ टुगेडर’ मा बसेका एक युवतीको संगै बस्ने पुरुषले हत्या गरेका छन् । नेपालगन्ज १२ बेलासपुरमा ३ वर्षदेखि संगै बस्दै आएका बर्दियाका ३५ वर्षिय प्रकाश सुनारले हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दैलेख घर भई विपी चोक स्थित सुनाखरी रेष्टुरेन्टमा वेट्रेसको रुपमा काम गर्ने २२ वर्षिया निर्मला थापाको नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रुपमा काम गर्ने बर्दिया घर भएका ३५ वर्षिय सुनारले हत्या गरेका हुन् ।

बुधबार बिहान निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी शवलाई कोठामा बन्द गरेर हिँडेका प्रकाशले १ दिन पछि मात्र मृतकी बहिनीलाई दिदीको हत्या गरेको खबर गरेका थिए । आज बिहान २ बजे आफैले प्रहरीलाई फोन गरेर आफुले हत्या गरेको बताउँदै आत्मसमर्पणका लागि प्रहरी कार्यालय आउंदै गरेको खबर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पतालीले बताए । प्रहरी कार्यालय आउँदै गरेका प्रकाशलाई धम्बोझीको जुम्लीटोलबाट नियन्त्रणमा लिएको उनले जानकारी दिए । प्रहरीका अनुसार प्रकाशले प्रहरीलाई फोन गर्नु अघि आफ्नो सबै साथीभाई र आफन्तलाई भेटेर अब यति हो है भेटघाट भन्दै प्रहरी कार्यालय तर्फ हिँडेका थिए ।

प्रकाशकै सूचनाका आधारमा उनीहरु बस्ने कोठामा पुगेको प्रहरी टोलीले दुईदिन अघि हत्या भएका निर्मलाको शव बरामद गरेको थियो । निर्मलाको परिवार नेपालगन्ज आएसँगै आज अपरान्ह शवको पोस्टमार्टम गरिएको छ ।

विवाहित प्रकाशको श्रीमती सहित एक छोरा , एक छोरी बर्दियामा रहेका छन् । उनीहरु संगै बेसेको प्रकाशको परिवारका सदस्यहरुलाई जानकारी भएपनि दुईजनाबीच बैबाहिक अवस्था भने नखुलेको डीएसपी पतालीले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ७ : ४० बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही