२९ असार २०८३, सोमबार | July 13, 2026

‘कुलिङ पिरियड’ र ‘भूमि विधेयक’मा दलहरुबीच सहमति आवश्यक : पूर्णबहादुर खड्का



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपसभापति खड्काले संघीय निजामती सेवा विधेयकमा उल्लेखित ‘कुलिङ पिरियड’ र भूमिसम्बन्धी विधेयकका बारेमा दलहरूबीच गहिरो छलफल र सहमति आवश्यक रहेको बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाज, काठमाडौं शाखाद्वारा शनिबार आयोजित साधारण सभालाई सम्बोधन गर्दै खड्काले यस्तो बताएका हुन् ।

“भूमि विधेयकबारे केही भ्रम फैलिएको देखिन्छ,” उनले स्पष्ट पार्दै भने, “यसको उद्देश्य वर्षौंदेखि लालपुर्जा नपाई बसिरहेका अव्यवस्थित बासिन्दाहरूलाई व्यवस्थित गर्नु हो, नयाँ वन फँडानी गर्नु होइन ।”

त्यस्तै, उनले देशको समृद्धिमा सबैभन्दा ठूलो बाधक भ्रष्टाचार, अनियमितता र कुशासन भएको उल्लेख गर्दै यस्ता विकृति अन्त्यका लागि सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

“देशलाई अघि बढ्न नदिने तत्वहरू भ्रष्टाचार, अनियमितता र कुशासन हुन्,” खड्काले भने, “यी अन्त्यका लागि सबै दलहरू मिलेर साझा प्रयास गर्न जरुरी छ ।”

उनले अहिलेको परिस्थितिमा राजनीतिक दल र नेताहरूले आत्मसमीक्षा गर्दै आफ्ना कमजोरीहरू स्वीकार्न जरुरी रहेको बताए। उनले जनतामा निराशा होइन, आशा र विश्वास जगाउनुपर्ने बेला आएको उल्लेख गरे ।

खड्काले दलहरूभित्र गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको औँल्याए । “हामीबाट गल्तीहरू भएका छन्, त्यसलाई स्वीकार्नुपर्ने हुन्छ,” उपसभापति खड्काले भने, “तर ती गल्तीहरू दोहोरिनु हुँदैन । अब एकअर्कालाई दोष दिइरहने समय होइन, जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने समय हो ।”

उनले जनतामा निराशा होइन, राजनीतिक प्रणालीप्रति असन्तुष्टि र आक्रोश रहेको भन्दै त्यो भावनालाई सम्बोधन गर्नु अहिलेको प्रमुख जिम्मेवारी भएको बताए ।

 

 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १२ : २३ बजे

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको