३० असार २०८३, मंगलबार | July 14, 2026

‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुलिङ पिरियडको इस्युमा एमालेले अन्तिममा म्याउ गरेको टिप्पणी गरेका छन् ।

काठमाडौं सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै प्रचण्डले संघीय निजामति सेवा ऐनमा गरिएको संशोधनलाई पनि राजनीतिक रूपमा जोड्दै “कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो,” भन्ने टिप्पणी गरेका हुन् । उनले एमालेका सांसदहरूले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको जिकिर गरे ।

प्रचण्डले पछिल्लो पटक आफु नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै असन्तोष व्यक्त गरे। “सरकार तयार नभएपछि तपाईंहरू (शिक्षकहरू) सडकमा रहनुपर्‍यो, आन्दोलनमा हुनु भयो। तर सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो,” प्रचण्डको भनाइ थियो।

शिक्षा विधेयकको सन्दर्भमा बोल्दै उनले संसदमा विधेयकमाथि गरिएको छेडछाडप्रति आपत्ति जनाउँदै भने, “हामी सरकारमा हुँदा शिक्षकका माग समेटिएको विधेयक अगाडि बढाएका थियौं, तर अहिले त्यसमा षड्यन्त्र गरिएको छ।”

प्रचण्डले विशेषगरी शिक्षक आन्दोलन, शिक्षा विधेयक र हालको राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको भूमिका स्पष्ट पार्दै भने, “शिक्षकहरूले सडकमा आउनु नपर्ने अवस्था संविधानले नै सुनिश्चित गर्‍यो, तर त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भए।माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरु अपमानित हुन पदैनथ्यो ।”

राजनीतिक संकटबारे चर्चा गर्दै प्रचण्डले कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको खडेरी रहेको समेत बताए। “एमालेभित्र वैचारिक संकट छ, जवजको उत्तराधिकारीको अन्योल छ,” उनले भने। केपी ओलीले मदन भण्डारीसम्बन्धी बोलेका कथित अभिव्यक्तिहरूलाई समेत उनले आलोचना गर्दै वैचारिक दिशाहीनता देखिएको बताए ।

प्रचण्डले माओवादी केन्द्र भने अहिले पनि जनतासँग जोडिने प्रयासमा सक्रिय रहेको बताउँदै भने, “हामी अहिले आठौं महाधिवेशनको नीति र विचारअनुसार जनतासँग प्रत्यक्ष सम्पर्कको अभियानमा छौं। यही वैचारिक स्पष्टता हाम्रो बल हो।अहिले माओवादी केन्द्र मात्रै यस्तो पार्टी हो जहाँ बैचारिक राजनीतिक नेतृत्वको संकट छैन ।”

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १ : २४ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका