१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

रुपन्देही होटल व्यवसायीलाई लुम्बिनी प्रदेश महासंघको बधाई तथा सम्मान



बुटवल । नेपाल होटल तथा रेष्टुरन्ट व्यवसायी महासंघ, लुम्बिनी प्रदेशको पाचौ नियमित बैठक तथा रुपन्देहीका नया नेतृत्वलाई बधाई तथा सम्मान बुटवलमा सम्पन्न भएको छ ।

औपचारिक कार्यक्रमको महासंघका संस्थापक अध्यक्ष माधव प्रसाद नेपालले उद्घाटन गर्दै सरकारबाट पर्यटन क्षेत्र लगानी गर्न सकेमात्र पर्यटन ब्यवसाय अघि बढ्ने बताए । लुम्बिनी प्रदेशमा पर्यटन क्षेत्रको खानी रहेको भन्दै यसको प्रचार प्रसारमा सबै मिलेर लाग्नुपर्ने उनले बताए । पर्यटन र होटल ब्यवसायीलाई रुपन्देहीबाट चिनाउने गरि अघि बढ्न उनले सुझाव दिए ।

कार्यक्रममा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष माधव प्रसाद खनालले संस्थागत रुपमा आफुहरु दुई वटा एजेण्डालाई जोड दिएको बताए । दक्ष जनशक्ति उत्पादन गर्ने र पर्यटकिय गन्त्ब्यमा सरकारको लगानी गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रमहरु गर्ने बताए । कोभिड १९ र आर्थिक मन्दीपछि पछिल्लोसमय फेरि बजारमा चहलपलह बढेको भन्दै ब्यवसायहरुमा आशा जागेको बताए । ‘अहिले होटल ब्यवसायीहरु आशाबादी हुन जरुरी छ ।’-उनले भने ।

कार्यक्रममा प्रदेशका वरिष्ठ उपाध्यक्ष दधिराम भण्डारी, संघका सल्लाहकार समुन्द्र जिसी, संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले राजनिति भन्दा माथि ब्यवसायी उठ्न जरुरी रहेको भन्दै कर नितिको विषयमा संस्थागत रुपमा आवाज उठाउने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठले महासंघबाट घुम्ति बैठक गर्दै प्रदेशका विभिन्न जिल्ला बुझ्ने र संस्थागत सम्बन्ध जोड्ने रुपमा रहेको उनले बताए । होटल ब्यवसायीहरुले उधोग सरह मान्यता पाएको छ । यसको कार्यान्वयनमा जोड दिन जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ५३ बजे

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक

अध्यादेशमार्फत प्रशासनिक जटिलता हटाउने सरकारको प्रयास : असिम शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ